बिर्तामोड , मंसिर १६ । सुख्खायामको शुरुवातसँगै आगलागीका घटना हुन थालेका छन् । यसक्रममा आज बिहान बिर्तामोड नगरपालिका ९ कन्चन टोलमा आगलागी भएको छ ।

हर्कप्रसाद श्रेष्ठको डेढ विगाह जमिनको धानको कुन्युमा आगलागी भएको हो । आगलागीबाट श्रेष्ठको करिव ५० मन धान जलेर नष्ट भएको छ । बिर्तामोड नगरपालिकाको बारुणयन्त्र र छरछिमेकले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएको स्थानीय योगेश श्रेष्ठले बताए । केटाकेटीले खेल्नेक्रममा आगो लगाएको हुनसक्ने आशंका गरिएको छ । त्यस्तै गएराति अर्जुनधारा ४ बस्ने जितबहादुर अधिकारीको परालको कुन्युमा आगलागी हुँदा डेढ विगाहको पराल जलेर नष्ट भएको छ । आगलागीलाई बिर्तामोड नगरपालिकाबाट गएको दमकलले नियन्त्रणमा लिएको बारुण यन्त्र कार्यालयका इन्चार्ज चन्द्रबहादुर पौडेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्