दमक, मंसिर २४ । नेत्रविक्रम चन्द (विप्लव ) नेतृत्वको नेकपासम्बद्ध युवा संगठन झापाका एक जना जिल्ला नेताले पार्टी परित्याग गरेका छन् ।

युवा संगठनका जिल्ला सदस्य पुकार तामाङले बुधबार प्रेस विज्ञप्ति मार्फत सो पार्टी र समूहको कुनै पनि जिम्मेवारीमा नरहेको र स्वेच्छिक रुपमा पार्टी परित्याग गरेको उल्लेख गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय हिंसात्मक गतिविधि तीव्र बनाएपछि उनले त्यस्तो गतिविधिबाट देश र जनताले मुक्ति नपाउने भएकाले पार्टी नै परित्याग गर्नुपरेको बताएका छन् ।
तामाङले हस्ताक्षर गरेर सञ्चारमाध्यमहरुलाई उपलब्ध गराइएको प्रेस विज्ञप्तिमा भनिएको छ – ‘आजैदेखि कुनै पनि पार्टी र संगठनमा आवद्ध नरहेको नेकपा ( विप्लव समूह ) झापा जिल्ला कमिटी, सुरक्षा निकाय सञ्चारमाध्यमहरुका साथै आम सर्वसाधारणहरुमा जानकारी गराउँदछु । ’ उनी २०७३ सालदेखि सो पार्टी संगठनमा आवद्ध थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्