बिर्तामोड मंसिर २८ । नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको प्राविधिक सहयोग र मनकामना कलेजको सहजिकरणमा सात दिवशिय फोटो पत्रकारिता (फोटोग्राफी) तालिम शुरु भएको छ ।


मनकामना कलेज बिर्तामोडमा व्यचलर तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई फोटो पत्रकारिता र फोटोग्राफी सम्बन्धी कार्यशालासहित तालिम शुरु गरिएको हो । कलेजका ३० जना भन्दा धेरै पत्रकारिता विषयमा अध्ययन गर्दै आएका विद्यार्थीहरु तालिममा सहभागी बनेका छन् ।
कितावमा मात्र पत्रकारिता पढ्दै आएका विद्यार्थीलाई अझ छिटो र सहज रुपमा सिकाउन सजिलो र प्रभावकारी बनाउन कलेजले यस पटकबाट प्रयोगात्मक सिकाई अभ्यास शुरु गरेको कलेजका शिक्षक सौरभ प्रसार्इँले बताए । आइतबार विर्तामोडस्थित कलेजमा शुरु भएको प्रशिक्षणमा नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य झापा शाखाका निवर्तमान अध्यक्ष शिद्धार्थ नविन उप्रेतीको संयोजकत्वमा शुरु भएको हो ।


प्रशिक्षण उद्घाटन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, केन्द्रिय सदस्य उप्रेती र झापा शाखाका कोषाध्यक्ष शरद जोशीले सहजीकरण गरेका थिए । सात दिनको सिकाइ कार्य अन्तरगत दुई दिन कलेजमै आधारभूत फोटो पत्रकारिता सम्बन्धी अन्तरक्रिया र बाँकी दिनहरु खुल्ला स्थानमा गएर क्यामरा प्रयोग विषयमा प्रशिक्षण गराईने अध्यक्ष पाण्डेले बताए । प्रशिक्षण अबधिभर जिल्ला उपाध्यक्ष इन्द्रजित मुखिया, सचिव विष्णु लामिछाने, फोटोपत्रकार लोकेश अधिकारी, धर्म प्रसार्इँ लगायतले सहजीकरण गर्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्