बिर्तामोड, मंसिर २८ । आइतबार कोरोना संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१० का ७८ बर्षिय जितेन राजवंशी र गौरादह नगरपालिका–५की कविता दर्जीको मृत्यु भएको हो ।


गत २४ गते कोरोना पुष्टि भएका राजवंशीको विराटनगर स्थित कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव आफन्तले नै अन्तेष्टि गरेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।


त्यस्तै, गौरादह –५ की दर्जीलाई गत २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी नोवेल अस्पताल विराटनगरमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको मृत्यु भएको हो । दर्जीको शव व्यवस्थापन भने चारआलीस्थित नयाँ श्रीनाथ गणका सेनाको टोलीले गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्