बिर्तामोड, मंसिर २८ । आइतबार अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरादहको भवन उद्घाटन भएको छ । प्रदेश– १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले ट्राफिक पोष्टको उद्घाटन गर्दै उक्त पोष्टलाई स्थायी ट्राफिक प्रहरी कार्यालय बनाउने प्रतिबद्धता व्यक्त गरे ।


भवन निर्माण समितिका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ट्राफिक प्रहरी प्रदेश प्रमुख सञ्जिव शर्मा, जिल्ला प्ररही कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइराला, गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साह लगायतको उपस्थिति रहेको थियो ।


स्थानीय रत्नबहादुर श्रेष्ठले उपलब्ध गराएको जग्गामा ट्राफिक प्रहरी पोष्ट निर्माण भएको हो । तिहार अघि नै निर्माण सम्पन्न भएको ट्राफिक पोष्ट कोरोना कहरका कारण उद्घाटनमा केही ढिला भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगुले बताए । भवन २४ लाख रुपैयाँ लागतमा निर्माण भएको जवेगुले जानकारी दिए । निर्माणका लागि स्थानीयले श्रमदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्