दमक, पुष १ । बेलायतमा बस्दै आएका पूर्व वेलायती सैनिक दमक १० निवासी राष्ट्र राईले इन्द्रेणी युवा समूहलाई २० हजार रुपैयाँ सहयोग दिएका छन् ।

समूहले स्थानीय पर्यटकीयस्थलका रुपमा विकास हुँदै आएको इन्द्रेणी ताल व्यवस्थापनका लागि दाता राईले सो सहयोग दिएका हुन् । बेलायतमा रहेका दाता राईले पठाएको सहयोग रकम जितु धिमालले बुधबार समूहका अध्यक्ष लोकेश न्यौपानेलाई हस्तान्तरण गरे ।
स्थानीय युवाहरुको सक्रियतामा गठित सो समूहले पर्यटकीय प्रवद्र्धनका लागि इन्द्रेणी तालको विकासका लागि विभिन्न काम गर्दै आएको छ । वर्ष दिनअघिदेखि समूहले ताल परिसरमा वृक्षरोपण गर्नुका साथै नियमित रुपमा गोडमेल, सरसफाई समेत गर्दै आएको अध्यक्ष न्यौपानेले बताएका छन् ।
समूहका अध्यक्ष न्यौपानेका अनुसार ताललाई आन्तरिक पर्यटन प्रवद्र्धनतर्फ आकर्षित गराउन योजनावद्ध कार्यक्रम अघि सारिएको छ । वडा तथा नगरपालिकाको सहयोग जुटाएर तालको विकास तथा अन्य पूर्वाधार निर्माणको काममा आवश्यक तयारी समेत थालिएको उनले जनाए । ताललाई मनोरञ्जनस्थलका रुपमा विकास गर्न हरियालीसंगै बोटिङ समेत सञ्चालन गर्न पहल भईरहेको उनले बताएका छन् ।

दमक १० मा अवस्थित इन्द्रेणी ताल करिव तीन विगाहबढी क्षेत्रफलमा फैलिएको छ । आन्तरिक पर्यटनका प्रचुर संभावना भएपनि संरक्षण र सम्बद्र्धन नहँुदा ताल जीर्ण बन्दै गएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्