झापा , पुष १० । कन्काई नगरपालिकामा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी एक मोटरसाइकल यात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई नगरपालिका वडा नं. ३ सुरुङ्गास्थित हरिकुल विद्यालय अगाडि मे १ क १४१ नं.को स्कुल बससंग ठोक्किदा मे ९ प ५५६६ नम्बरको मोटरसाईकलमा सवार गौरादह ८ भुडीसिमल बस्ने अन्दाजी वर्ष ६६ का ढावालाल राजवंशीको मृत्यु भएको हो ।
घाइतेको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाईकल चालक गौरीगंज गाउँपालिका वडा नं. ३ बस्ने २८वर्षिय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापछि बसचालक कन्काई नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष ४८ का बस तिलक बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्