बिर्तामोड , पुष १० । देशभर संगठन निर्माण गर्ने क्रममा किरात मोर्चाको लिम्बूवान संयोजन समिति गठन भएको छ ।

बिर्तामोडमा भएको भेलाले एमडी किरातीको संयोजकत्वमा २२ सदस्यीय लिम्बूवान संयोजन समिति गठन गरेको हो । जसको सदस्यहरुमा पदम चोङवाङ, चन्द्र पन्धाक , सुवाष योङहाङ, देवु राई , हेमन्त खिम्दिन , थामशेर लिम्बू , राम थेगिम , धन थाम्सुहाङ , सृजङ्गा , धु्रव तुम्वापो, दिनेश जवेगु , चन्द्र साँवा , प्रवेश मिभक , विवि लिम्बू , अनम लिम्बू , चुनाव योङहाङ , मेघ लिम्बू , शिव इङनाम , केशव आङवोहाङ, सिमेलुङ र ओम राजधामी रहेका छन् । त्यस्तै सल्लाहकारमा कुसुम लिङ्देन र अशोक नेम्वाङ रहेका छन् । मोर्चाले शुक्रबार पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिएको हो । कार्यक्रममा बोल्दै मोर्चाका केन्द्रीय सचिव मिसेकहाङ थाम्सुहाङले नेपाल किरातीजम र हिन्दूजमको सह–अस्तित्वमा मात्र स्थीर हुने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्