कुमरखोद, पुष १२ । झापा गाउँपालिका वडा नं २ को कुवाडी र सिर्जना वस्तीको बीचमा पर्ने सानोमाई खोलामा झोलुङ्गे पुलको छेउमा निर्माण भएको चौताराको आईतवार झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले उद्घाटन गरेका छन् ।

चौताराको निर्माण झोलुङ्गे पुल उपभोक्ता समितिले गरेको थियो ।समितिले झोलुङ्गे पुल बनाईसकेपछि बचेको रकमबाट उक्त चौतारा निर्माण गरिएको हो । झोलुङ्गे पुल उपभोक्ता समितिले सम्पूर्ण खर्च कटाएर १ लाख २६ हजार रुपैयाँ बचाएको थियो । बचेको रकमबाट चमनलाल माझीको नेतृत्व ५ जना युवाहरुको उपसमिति बनाई चौतारा निर्माण गर्न जिम्मेवारी दिइएको थियो ।

उपसमितिका अध्यक्ष चमनलाल माझीको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष शाह प्रमुख अतिथि रहेका थिए । अध्यक्ष शाहले झोलुङ्गे पुल बनाउने उपभोक्ता समिति र युवाहरुले उदाहरणीय काम गरेको भन्दै धन्यवाद दिए । झोलुङ्गे पुल उपभोक्ता समितिका सचिव ज्ञाननाथ उप्रेतीले स्वागत गरेको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष नेत्रबहादुर खड्काले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा द्धारिका खतिवडा , रामबहादुर बस्नेत , देवनारायण शाह , लक्ष्मण दर्नाल , वड्का मुर्मूलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन झापा गाउँपालिका न्याय समिति सदस्य राजकुमार कोचले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्