बिर्तामोड, पुष १५ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व एवम् सदस्य अभिभावकत्व शीर्षकमा गत मंसिर महिनामा ८ लाख ४ हजार ६९५ रुपैयाँ सदस्यमाझ वितरण गरेको छ ।

चालु पुष महिनामा यस्तो सुविधावापत तीन लाख ९५ हजार २१० रुपैयाँ सदस्यमाझ हस्तान्तरण भइसकेको लेखा विभाग प्रमुख प्रधानले जानकारी दिएकी छन् । लेखा विभाग प्रमुख प्रधानका अनुसार सदस्य वा उनको परिवारका कोही सदस्य बिरामी भएमा उपचार सुविधा, मृत्यु भएमा मृत्यु राहत तथा ऋणी सदस्यको मृत्यु भएमा कर्जा मिनाह गर्दा उक्त रकम खर्च भएको हो ।

यसैबीच, सिम्रिक साकोसले सोमबार गोलधाप सेवाकेन्द्रअन्तरगत एकै परिवारका तीनजना सदस्यलाई ४५ हजार रुपैयाँ उपचार सुविधा प्रदान गरेको छ । सेवाकेन्द्र प्रमुख गोपाल विष्टका अनुसार शेयर सदस्य हरिमाया आचार्यलाई पत्थरीको शल्यक्रिया गर्न २२ हजार ५०० रुपैयाँ प्रदान गरिएको छ । सोही परिवारका अर्जुनकुमार आचार्यकी श्रीमतीको उपचार सहयोगवापत ११ हजार २५० र निरु आचार्यकी सासुआमाको उपचार खर्च सहयोगवापत ११ हजार २५० रुपैयाँ गरी एकमुष्ठ ४५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

संस्थाका सचिव इन्द्रबहादुर कार्कीसहित विभागीय प्रमुख र कर्मचारीहरुले सो सेवाकेन्द्रका तीनजना सदस्यहरुलाई पनि सोमबार नै सुत्केरी पोषण खर्चवापत जनही १५ सय रुपैयाँ प्रदान गरेका छन् ।
पुष १४ गते सोमबार नै संस्थाले शनिश्चरे सेवाकेन्द्रका सदस्य पुष्पा दाहालको पित्तथैलीको शल्यक्रियावापत २२ हजार ५०० रुपैयाँ र दुहागढी सेवाकेन्द्रका सदस्य लक्ष्मी राईलाई अस्पतालको बेडचार्जवापत २० हजार रुपैयाँ प्रदान गरिएको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेतका अनुसार बिर्तामोड सेवाकेन्द्रका सदस्य डम्बरकुमारी रिमालको छोराको टाउकोको शल्यक्रिया उपचार राहतवापत १७ हजार ५०० रुपैयाँ प्रदान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्