बिर्तामोड पुस, १५ । इलाका प्रहरी कार्यालय दमकले चोरीको मोटरसाईकल र चेकसहित २ जनालाई पक्राउ गरेको छ । प्रदेश–१–०२–०४३ प ६८७७ नम्बरको मोटरसाईकल सहित गौरादह नगरपालिका –२का दिपक न्यौपाने र मोहनराज ताजपुरीया पक्राउ परेका हुन् ।


सोमबार राती दमकको एडभान्स अस्पताल अगाडी पार्किङ गरेर राखेको मोटरसाईक र एडभान्स फार्मेसी भित्र झोलामा भएको चेक चोरी भएको थियो । चेकमा साइन गरेको तर, रकम उल्लेख नगरेको कारण बैंकले प्रहरीलाई खबर गरेसँगै पक्राउ गर्न सहज भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्