दमक, माघ १० । होलसेल व्यवसायी संघ दमकको अध्यक्षमा रिङकुमार आचार्य चुनिएका छन् ।

शिवसताक्षीस्थित दोमुखामा सम्पन्न प्रथम साधारणसभासहित वनभोज कार्यक्रमबाट आचार्यको अध्यक्षतामा ११ सदस्यीय संघको नयाँ कार्यसमिति चयन भएको हो ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा भक्तबहादुर बस्नेत, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा दयाशंकर आचार्य र कोषाध्यक्षमा शम्भुप्रसाद खतिवडा (रमेश ) चुनिएका छन् ।
यस्तै सदस्यहरुमा हिरादेवी उप्रेती, राजेश अग्रवाल, राजकुमार गुप्ता, भरत प्रधान, अर्जुन कार्की र ज्ञाननाथ पौडेल ( ज्ञानु ) छन् ।

साधारणसभाले काशी थपलियाको संयोजकत्वमा कृष्ण ओली, राजन कटुवाल, राजकुमार श्रेष्ठ र ज्ञानेन्द्र सुब्बा सदस्य रहेको सल्लाहकार समिति समेत गठन गरेको नवनिर्वाचित सचिव रामप्रसाद रिमालले बताए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, दमक ७ का वडा अध्यक्ष भीमप्रसाद पौडेल, दमक जेसीजका अध्यक्ष सुयोग खरेललगायतले शुभकामना मन्तब्य राखेका थिए । साधारणसभामा दमकका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
दमक बजारक्षेत्रका होलसेल व्यवसायीहरुले गत साउन २९ गते स्थापना गरेको उक्त संघमा अहिले ६० जनाबढी आबद्ध भएका छन् । होलसेल व्यवसायीहरुबीच पेशागत हकहितसँगै आपसी समन्वय गर्ने उद्देश्यले संघ स्थापना गरी काम थालिएको सचिव रिमालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्