दमक, माघ १० । मदन भण्डारी स्पोर्टस् एकाडेमीले शनिबार दमकमा सरसफाई गरेको छ ।

दमक बसपार्कबाट सुरु भएको सरसफाई कार्यक्रम गणतन्त्र चोकसम्म सञ्चालन गरिएको थियो । अभियानको दमक नगरपालिकाका प्रमुख समेत रहेका नेकपाका केन्द्रीय सदस्य रोमनाथ ओलीले सुरुवात गर्दै व्यक्ति स्वयंले सरसफाई नियमितरुपमा गर्नुपर्ने औंल्याए । यसलाई जनचेतनाको रुपमा अघि बढाउनुपर्ने उनको भनाई थियो ।

सरसफाई थालनी गर्न आयोजित संक्षिप्त कार्यक्रममा सरकारपक्षीय नेकपा समूहका नेताकार्यकर्ता, भ्रातृ संगठन र एकाडेमीका पदाधिकारी, सदस्यहरु, यातायात व्यवसायी, मजदुरसहित दमक नगरपालिकाका नगर प्रहरीलगायत स्थानीय युवाहरु सहभागी थिए ।
एकाडेमीका अध्यक्ष लोकेश न्यौपानेले सामाजिक क्षेत्रमा युवाहरुलाई परिचालन गर्ने उद्देश्यले कार्यक्रम गरिएको र त्यसलाई निरन्तरता दिईने बताए ।

यसैगरी, शुक्रबार गौरादहस्थित मदन भण्डारी फाउण्डेसनले गौरादह १ स्थित लाल जनकल्याण आधारभूत विद्यालयका ७० जना विपन्न विद्यार्थीलाई जाडोका लागि स्वीटर ंवितरण गरेको फाउण्डेशनका अध्यक्ष खड्कराज थापाले बताए ।
संविधानसभा सदस्य दीपक कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपा झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपा झापा सचिवालय सदस्य मदन अधिकारी, नेकपा जिल्ला कार्यालय सचिव शिव ढुंगेललगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्