बिर्तामोड , माघ १९ । सवारी चालकहरुलाई लक्षित गरी बिर्तामोडमा आँखा र कानसम्बन्धी एकदिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, रेडक्रस सोसाईटी, दृष्टी आँखा अस्पताल बिर्तामोडको संयुक्त आयोजनामा बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडी सो शिविर भएको थियो । शिविरमा ८६ जना सवारी चालकहरुको निःशुल्क आँखा तथा कानको परीक्षण गरिएको थियो । त्यस्तै सोही कार्यक्रममा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रगत दान गरेका छन् ।

बिर्तामोड नगरपालिका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना,जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नं. २ गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक रमेश पाण्डे, ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जगेबुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरीउपरीक्षक भट्टराईले स्वागत मन्तव्य राख्दै सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्