बिर्तामोड , फागुन १४ । आदिवासी जनजाति महिला समितिद्वारा आयोजित पाँच दिवसीय उद्घोषण तथा माइन्यूट लेखन तालिम शुक्रबार सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका ५ नं. वडा कार्यालयको सहयोगमा भएको तालिममा वडा नं ५ का ३५ जना आदिवासी जनजाति महिलाहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र सूर्योदय टेलिभिजनका समाचार संयोजक तिलक योन्जनले गरेका थिए ।

आयोजक संस्थाकी अध्यक्ष पूर्णकुमारी लिम्बुको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन , वडा सदस्य हर्कमाया विक ,डिआर कडरिया , समाजसेवी कमला थापा ,आदिवासी जनजाति महासंघका दिपेन्द्र चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै प्रशिक्षार्थीका तर्फबाट फूलमाया तामाङ, मेनुका राजवंशी ,विष्णु लिम्बु , गंगा लिम्बुले आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रममा वडा सदस्य लक्ष्मी बाँस्कोटा , आदिवासी जनजाति महासंघका नगर उपाध्यक्ष छत्रबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । देविका मगरले संचालन गरेको कार्यक्रममा स्वागत सुमन्ता राईले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्