बाहुण्डाँगी, फागुन १६ । नव ज्योति युवा क्लबको आयोजनामा शनिवारबाट सुरु भएको नव ज्योति नकाउट फुटबल प्रतियोगितामा श्रीनाथ गण चारआली (आर्मी) सेमीफाइनलमा प्रवेश गरेको छ ।

नव ज्योति निमाविको खेल मैदानमा आइतवार भएको खेलमा रोलिङ क्लब धुलावारीलाई २–० को गोल अन्तरले पछि पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो । जितका लागि आर्मीका देवेन्द्र चौधरी र श्यामबाबु चौधरीले एक– एक गोल गरेका थिए । सुरुदेखि नै अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुबै गोल दोस्रो हाफमा भएका थिए । खेलको म्यान अफ द म्याच आर्मीका निशान्त राई घोषित भएको क्लबका उपाध्यक्ष सुमन थापाले बताए । उनलाई स्थानीय तुलसी दाहालले सौजन्य गरेको नगद पुरस्कार प्रदान गरिएको थियो । सोमबारको खेल सशस्त्र प्रहरी बल पकली र कनकाई ११ सुरुङ्गाबीच हुने आयोजक समितिका अध्यक्ष चन्द्र तामाङले बताए । प्रतियोगिता २२ गतेसम्म हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्