बिर्तामोड , फागुन १७ । बिर्तामोड उद्योग बाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझ फराकिलो बनाएको छ । तर , संयुक्त प्यानलका महासचिव र वाणिज्य सचिवले अग्रता लिएका छन् ।


। केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले ११०७ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ७९३ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १०८० मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ७९२ मत ल्याएका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका संजीव घिमिरेले ९८५ मत ल्याउँदा उनका प्रतिष्पर्धी प्रकाश घिमिरेले ८६५ मत ल्याएका छन् । त्यस्तै वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरेले ११६६ मत ल्याउँदा उनका प्रतिष्पर्धी रामकृष्ण अधिकारीले ६४९ मत ल्याएका छन् । त्यस्तै महासचिवमा संयुक्तका अर्जुनकुमार मैनालीले लोकतान्त्रिकका रविन्द्र भट्टराईलाई उछिनेका छन् । मैनालीको ९१३ र भट्टराईको ९०६ मत रहेको छ । त्यस्तै उद्योग सचिवमा लोकतान्त्रिकका कुशल खतिवडाले १३०६ मत ल्याउँदा उनका प्रतिष्पर्धी धनबहादुर डाँगीले ५२१ मत ल्याएका छन् भने वाणिज्य सचिवमा लोकतान्त्रिकका राजकुमार शाहले ८४३ मत ल्याउँदा कृष्ण पौडेलले ९९२ मत ल्याउन सफल भएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा लोकतान्त्रिकका दिपेन्द्र राउतले १०९७ मत ल्याउँदा उनका प्रतिष्पर्धी दुर्गाप्रसाद थपलियाले ७४३ मत ल्याएका छन् । त्यस्तै सहकोषाध्यक्षमा लोकतान्त्रिककी राधिका चुडालले १००० मत ल्याउँदा उनका प्रतिष्पर्धी रन्जु प्याकुरेलले ८१९ मत ल्याएकी छन् । यो १९४२ मतपत्र गनिँदासम्मको परिणाम हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्