बिर्तामोड,चैत २ । बिर्तामोड नगरपालिकामा जारी दोस्रो वडास्तरीय फुटबल प्रतियोगिताको हिजो भएको खेलमा विजयी हुँदै वडा नं ४ सेमिफाइनलमा पुगेको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वडा न.७ स्थित शहीद नेत्र पार्क खेलमैदानमा संचालन भइरहेको प्रतियोगिताको हिजोको खेलमा वडा नं ७ लाई टाइब्रेकरमा ४ का विरुद्ध ५ गोल गरी वडा नं ४ विजयी भएको हो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि टाइब्रेकर खेलाइएको थियो आज पहिलो सेमिफाइनल खेलमा वडा नं ४ ले वडा नं ८ को सामना गर्ने छ । गत फागुन २८ गते प्रतियोगिता शुरु भएको नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाले जानकारी दिएका छन् । प्रत्येक वडाका एक–एक गरी १० वटा टिमले सहभागिता जनाएको प्रतियोगिताका विजेता टिमले ७० हजार नगद पुरस्कार पाउने छ । त्यस्तै प्रतियोगिताका उपविजेता टिमले नगद ५० हजार पाउने भएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा गोलरक्षकलाई सम्मान गरिने अध्यक्ष संंग्रौलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्