बिर्तामोड, चैत १ । राजवंशी र नेपाली दुवै भाषामा बनाइने चलचित्र ‘भाइ भाइ’को छायांकन सुरु भएको छ ।

झापा, इलाम, पोखरा र जोमसोममा छायांकन हुने ‘भाइ भाइ’को निर्देशन गजेन्द्र राजवंशीले गर्ने भएका छन् ।
भाइहरुबीचको कथालाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक राजवंशीले बताए । चलचित्रको निर्माता बिर्तामोडका पूर्णप्रसाद राजवंशी रहेका छन् ।
उनका अनुसार यसमा १२ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । चलचित्रको सोमवारदेखि लगातार छायांकन हुने र महिना दिनभित्र सकिने अनुमान गरिएको छ । चलचित्रमा मुख्य कलाकारको रुपमा यस अघि नै चलचित्रमा अभिनय गरिसकेका चर्चित कलाकारहरुको सहभागिता रहनेछ । पूर्णप्रसाद राजवंशी, हंशनारायण राजवंशी, मोहन राजवंशी, कौशला राजवंशी र प्रतिभा राजवंशीको अभिनय रहनेछ । छायांकन विन्जु मिडिया कर्नरका सञ्चालक तथा पत्रकार बिजय बरालले गर्ने भएका छन् । सुटिङमा ड्रोन लगायत अत्याधुनिक प्रविधिको प्रयोग गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्