सुनसरी, चैत २३ । सुनसरी कोशी गाउँपालिका ६ श्रीपुर बस्ने उदयकुमार मुखिया र सोही स्थानका बिहारी मुखियालाई ठूलो परिमाणको लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।


चैत २१ गते बिशेष सूचनाको आधारमा कोशी गाउँपालिका ४ कोशी कटान छेउ बासझाङमा बालुवाको थुप्रोमा खाल्डो बनाई बालुवाले पुरी लुकाई राखेको अवस्थामा लागूऔषध गाँजा ८७ के.जी. सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ गरिएका दुबैजनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्