सुनसरी, बैशाख १ । सुनसरी ईटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईटहरी–७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय सायल चौधरी रहेका छन ।
हिजो बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा उनीहरु डुबेर बेपत्ता भएका थिए । स्थानीयसहित प्रहरीले खोजी गर्दा फेला पारी उपचारको लागि घोपा धरान लगिएकोमा उपचारको क्रममा भुर्तेलको राति ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्