झापा , बैशाख ३ । राजवंशीलगायतका जातिहरुको महान पर्व सिरुवाको लागि झापाका स्थानीय तहहरुले आज स्थानीय विदा दिएका छन् ।

राजवंशीहरुले बैशाख १ ,२ र ३ गते सिरुवा पर्व मनाउने गरेका छन् । बैशाख १ गते नयाँ वर्षमा राष्ट्रिय विदा दिइएको थियो भने २ गते प्रदेश सरकारले विदा दिएको थियो । तर, मुख्य पर्व ३ गते भएकाले जिल्लाका स्थानीय तहहरुले आज विदा दिएका हुन् । हल्दीबारी गाउँपालिका , कनकाई नगरपालिका,बाह्रदशी गाउँपालिका , कचनकवल गाउँपालिकालगायतले आज विदा दिएका हुन् । राजवंशीहरुले बैशाख १ गते जल सिरुवा , २ गते काद (हिलो) सिरुवा र ३ गते रंग सिरुवा मनाउने गरेका छन् । बैशाख १ गतेदेखि नै विभिन्न कार्यक्रम हुँदै आएको छ । आज अन्तिम दिन विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएका छन् । यसक्रममा राजवंशी विकास प्रतिष्ठानले बिर्तामोड २ स्थित पञ्चरत्न माविमा जिल्लास्तरीय सिरुवा कार्यक्रम आयोजना गरेको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्