झापा,बैशाख १४ । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ अमेरिका शाखाको नयाँ नेतृत्व चयन भएको छ ।

चुम्लुङ अमेरिका शाखाको हालै सम्पन्न आठांै महाधिवेशनले सुमन थाम्सुहाङ लिम्बूको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा युगेश लिङदेन लिम्बू ,उपाध्यक्ष ममता सुब्बा लाबूङ,महासचिवमा सूर्य लिङ्देन ,सचिवमा दिपक थेबे लिम्बू ,कोषाध्यक्षमा पिके थक्लुङ लिम्बू र सहकोषाध्यक्षमा लाजिमा सुब्बा नाल्बो चुनिएका छन् । यस्तै सदस्यहरुमा साबि लिङ्देन ,विमल चेम्जोङ , मणि लिबाङ , निर्मला कन्दङ्वा , विवश माङमू , विवश बेनाम, बानू तुम्बाहाम्फे ,सोनु पयाङगू लिम्बू ,कृष्ण फोम्बो ,सम्झना लाबुङ लिम्बू, जिवन खजुम र निलम जबेगू रहेका छन् ।
यसैबीच नवनिर्वाचित अध्यक्ष थाम्सुहाङले नेतृत्वको जिम्मेवारीसँगै आफ्नो व्यक्तिगत तर्फबाट संस्थाको उन्नतिको लागि ५ हजार डलर दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्