झापा , बैशाख २० । भारत पश्चिम बङ्गालको विधानसभा चुनावमा मुख्यमन्त्री ममता बनर्जी भारतीय जनता पार्टी भाजपाका नेता सुबेन्दु अधिकारीसँग पराजित भएकी छन् ।

नन्दीग्रामबाट चुनाव उठेकी तृणमुल कांग्रेस टीएमजीकी नेतृ बनर्जी भाजपाका नेता अधिकारीसँग १९ सय ५६ मतले पराजित भएको बीबीसीले जनाएको छ । तर उनले भाजपाले धाँधली गरेको भन्दै अदालत जाने बताएकी छन् । तृणमुल कांग्रेसमा रहेका सुबेन्दु अधिकारी भाजपामा प्रवेश गरेर नन्दीग्रामबाट उठ्ने निर्णय गरेपछि मुख्यमन्त्री बनर्जी पनि त्यसैले क्षेत्रमा गएकी थिइन् । नन्दीग्रामबाट चुनाव लड्ने बनर्जीको घोषणालाई निकै जोखिमपूर्ण मानिएको थियो । बनर्जी आफैँले चुनाव हारे पनि तृणमुल कांग्रेसलाई भने शानदार जित दिलाएकी छन् । दुई सय ९२ सिट रहेको पश्चिम बंगालमा बनर्जीको दल तृणमुल कांग्रेसले एक सय ९६ सिटमा जितेको र १८ सीटमा अग्रता लिइरहेको चुनाव आयोगले जनाएको छ । भाजपाले ६५ सीट जितेको छ भने ११ सीटमा अघि रहेको छ । पश्चिम बङ्गालको चुनाव जित्न भाजपाले पूरै शक्ति लगाएको थियो । महामारीकाबीचमा पनि प्रधानमन्त्री नरेन्द्र मोदी ¥यालीमा गएका थिए । भाजपाले कयौँ केन्द्रीय नेताहरुको कमाण्डमा विशेष युनिट पनि बनाएको थियो । तर पश्चिम बङ्गालको ‘ब्याटल’ नरेन्द्र मोदीले हारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्