पाँचथर, जेठ १ । पाँचथर फिदिम नगरपालिका ५ चोकमाबु सरसेउलाका ३५ बर्षीय राजु राईको भर्याङबाट लडेर मृत्यु भएको छ ।

गएराति १ बजे आफ्नै घरको भर्याङबाट अचानक चिप्लेर लडि घाईते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा आज दिउँसो साढे १२ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्