बिर्तामोड , जेठ ३ । आज सुरुङ्गा क्षेत्रमा दिनभरि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।
११ केभी सुरुङ्गा फिडर अन्तर्गत त्रिशुली चौक र बेलडाँगी आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत आपूर्ति नहुने भएको हो । अनारमनी वितरण केन्द्रले एक सूचना जारी गरी विद्युत लाइन मर्मत संभार तथा पोल स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत लाइन काटिने जनाएको छ ।





