झापा , जेठ १४ । पछिल्लो २४ घण्टाभित्र झापामा २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा एक सय जना महिला छन् ।स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमितमध्ये पीसीआर परीक्षणबाट १६९ जना र एन्टिजेनबाट ४९ जना रहेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोडका ३० जना रहेका छन् । जसमा २२ जना महिला रहेका छन् ।यसैगरी, अर्जुनधाराका १५ महिलासहित २५ जना, दमकमा ११ महिलासहित २४ जना, भद्रपुरमा ८ महिलासहित १९ जना, मेचीनगरमा ८ महिलासहित १७ जना, कनकाईमा ७ महिलासहित १५ जनामा संक्रमण पुष्टि भएको छ ।कोभिड फोकल पर्सन जीवन चौंलागाईका अनुसार कमल गाउँपालिकामा १३ महिलासहित २३ जना, बुद्धशान्तिमा ९ महिलासहित १३ जना, शिवसताक्षीमा ३ महिलासहित ९ जना, बाह्रदशीमा २ महिलासहित ६ जना, गौरीगञ्जमा १ महिलासहित ४ जना, झापामा ३ महिलासहित ४ जना, कचनकवलमा १ महिलासहित ५ जना र हल्दिबारीमा ४ महिलासहित ७ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै झापामा कुल संक्रमितको संख्या ९ हजार ९८८पुगेको छ । आज १२६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५ हजार ७५५ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्