भद्रपुर, जेठ १९ । मेची महाकाली बुहारी समूहले भद्रपुर ७ स्थित देउनिया खोला छेउमा रहेको सुकुम्बासी बस्तीका अतिविपन्न ११ परिवारका बालबालिकाका लागि दिवा खाजा सहयोग गरेको छ ।

बन्दाबन्दीका कारण रोजगारी गुमेका विपन्न परिवारका बालबालिका पोषणयुक्त खाद्यान्न अभावमा परेको गुनासो आएपछि बुहारी समूहले बालबालिका लक्षित दिवा खाजा प्याकेज सहयोग गरेको हो ।
समूहकी भद्रपुर संयोजक दिक्षा काफ्ले लुइटेलको नेतृत्व तथा भद्रपुर नगर कार्यपालिका सदस्य मित्रा भट्टराईको उपस्थितिमा प्रतिपरिवार १५ दिनका लागि दिवा खाजा प्रदान गरिएको थियो ।
यस अगाडि सो समूहले भद्रपुर ८ का अतिविपन्न ३ परिवारलाई एक महिना पुग्ने गरी खाद्यान्न सहयोग गरेको थियो । संयोजक काफ्लेका अनुसार अप्ठ्यारोमा परेका नागरिकको सहयोगका लागि सो समूह निरन्तर अगाडि बढिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्