बिर्तामोड, जेठ २१ । पछिल्लो २४ घण्टाभित्र झापामा २८५ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित हुनेमा १२५ जना महिला रहेका छन् । पिसिआर परीक्षणबाट २२६ र एन्टीजेन परीक्षणबाट ६९ जनालाई संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा बढी मेचीनगर नगरपालिकाका ६४ जना छन् । मेचीनगरमा ३२–३२ जना महिला र पुरुषलाई संक्रमण देखिएको हो ।स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका १६ महिलासहित ४२ जनामा पनि संक्रमण पुष्टि भएको छ ।यस्तै, दमकमा ६ महिलासहित ११ जना, गौरादहमा १ महिलासहित २ जना, भद्रपुरमा ६ महिलासहित १३ जना ,अर्जुनधारामा ९ महिलासहित २४ जना, कनकाईमा ११ महिलासहित २४ जना, हल्दिवारीमा ९ महिलासहित २५ जना , बुद्धशान्तिमा १० महिलासहित २१ जना र गौरीगञ्जमा २ महिलासहित ४ जनामा पनि संक्रमण भएको छ ।कोभिड फोकल पर्सन जीवन चौंलागाईका अनुसार कचनकवलमा १ महिलासहित ४ जना, कमलमा ६ महिलासहित १४ जना , शिवसताक्षीमा ११ महिलासहित २७ जना , बाह्रदशीमा ३ महिलासहित ४ जना र झापा गाउँपालिकामा २ महिलासहित ४ जनामा पनि संक्रमण भएको छ ।योसँगै कुल संक्रमितको संख्या ११ हजार २६४ पुगेको छ । शुक्रवार नै ८६ जना कोरोना जितेर घर फर्किएका छन् । डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४८ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्