बिर्तामोड , जेठ २६ । झापाको बिर्तामोड १० मा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठुटेबरका डम्बरबहादुर गुरुङका ३ वर्षिय छोरा अभिनाश गुरुङ रहेका छन् । पानी तान्ने मोटरमा रहेको नांगो तार छुन पुग्दा ती बालकलाई करेन्ट लागेको थियो । बालकलाई उपचारका लागि बिर्तामोडको मनमोहन हस्पिटल ल्याइ पुर्याउना साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्