सपना आचार्य,
माई ईलाम , जेठ २६ । सहारा नेपाल दानावारी सेवाकेन्द्रले कोरिना संक्रमित आफ्ना सदस्य र सदस्यका परिवारलाई पोषणयुक्त खानेकुरा घर–घरमा पुगेर वितरण गर्न थालेको छ ।

कोरोना पाजेटिभ भई होम आईसोलेसनमा रहेका सदस्यको शिघ्र स्वास्थ्य लाभको कामनासहित सहाराका कर्मचारीहरुले संक्रमित सदस्यको घर–घरमा पुगी पोषणयुक्त खानेकुरा वितरण गर्न थालेका हुन् ।

यता बुधबार सहारा दानावारी सेवाकेन्द्रले एक कार्यक्रमका बीच व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका ३० जना सदस्यहरुलाई प्रतिसदस्य २ केजीका दरले उन्नत जातको घाँसको बीउ वितरण गरेको शाखा प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए । २ रोपनी जमिनमा लगाउन सकिने र ४० देखि ४५ दिनमा उत्पादन हुने सुडान र टियोसेन्टी नामको पोषिलो घाँसको बीउ दानावारी शाखा प्रमुख तिम्सिना, कर्मचारी खेमनाथ भण्डारी, सपनकुमार भट्टराई र कृषि प्राविधिक प्रविन कोईरालाले वितरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्