मेचीनगर,जेठ ३१ ।मेचीनगर नगरपालिकाले मेचीनगर ५,६ र ८ मा पर्ने झापामार्गको कालोपत्रेको लागि २ करोड ८ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

झापामार्ग कालोपत्रेको लागि नगर र प्रदेशबाट बजेट बिनियोजन गरिएको हो । जम्मा ४ करोड १६ लाखको बजेटमध्ये नगरले आधा र प्रदेशले आधा बजेट छुट्याएको हो ।
झापामार्ग ४० फुट चौडाइसहित करिब ३ किलोमिटर कालोपत्रे हुने जनाइएको छ ।मेचीनगरकै पुरानो उक्तमार्ग कालोपत्रे हुने भएपछि स्थानीय निकै हर्षित भएका छन् ।
मेचीनगर ५ मा पर्ने नकलबन्दाबाट कालोपत्रे सुरु गरिने भएको छ । टेन्डर लागिसकेपछि भदौ १५ देखि काम सुरु गर्ने मेचीनगर ५ का वडा सदस्य नारायण खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्