झापा , जेठ ३१ । पछिल्लो २४ घण्टामा झापामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुवै पुरुष रहेका छन् । हल्दिबारी ४ का ३० वर्षीय पुरुषको बिएन्डसी हस्पिटल र अर्जुनधारा ८ का ९० वर्षीय बृद्धको बिर्ता सिटी हस्पिटलमा मृत्यु भएको हो ।योसँगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०२ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैबीच पछिल्लो चौबीस घण्टामा झापामा १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा एन्टिजेनतर्फ १२७ र पीसीआरतर्फ १२७ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाका ४७ जना रहेका छन् । जसमा २५ जना महिला रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।अर्जुनधारापछि भद्रपुरमा १७ महिलासहित ३७ जना, दमकमा १२ जना, बुद्धशान्तिमा १५ जना, कमलमा १७ जना, बिर्तामोडमा १० जना र कचनकवलका ३ जनामा संक्रमण पुष्टि भएको छ ।यसैगरी, शिवसताक्षी, बाह्रदशी, झापा, कनकाइ र गौरादहमा समान १–१ जना, मेचीनगर र हल्दिबारीमा २–२ जना तथा पालिका नखुुलेका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।योसँगै जिल्लामा कुल संक्रमितको संख्या १२ हजार ३६७ पुगेको छ भने सोमबार १५० जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमणलाई जित्नेको संख्या ९ हजार ६४२ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्