बिर्तामोड , असार ३ । झापाको बिर्तामोड–१०स्थित चमरधाप टोल विकास संस्थाले कोरोना महामारी नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरेको राहत वितरण तथा सचेतना कार्यक्रम समापन गरेको छ ।

चमरधाप प्राविमा विपन्न २५ परिवारलाई झुल तथा ३६ जना बालबालिकालाई लत्ताकपडा वितरण गर्दै संस्थाले कार्यक्रम समापन गरेको हो । कोरोना भाइरसको दोस्रो लहरको विस्तार गाउँटोलमा भएसँगै आफ्नो टोल आफै जोगाऊँ भन्ने नाराका साथ शुरु गरेको कार्यक्रममा संस्थाले देशविदेशका दाताको सहयोगमा खाद्यान्न,स्वास्थ्य तथा राहत सामग्री वितरण गरेको संस्थाका अध्यक्ष पृथ्वीबहादुर बस्नेतले बताए । संस्थाद्वारा जेठ ९ गतेदेखि तीन सातासम्म निरन्तर सञ्चालित कार्यक्रममा महामारीको विपतमा परेका टोलभित्र र बाहिरका एक सय ५० घर परिवारलाई खाद्यान्न, स्वास्थ्य सामग्री वितरण गरिएको जनाइएको छ ।

बिर्तामोड नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमा टोलभित्र तथा बाहिरका महामारीका कारण रोजगार गुमाएका विपन्न परिवार तथा संक्रमितको घर–घर पुगेर खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको समापनमा निवर्तमान सांसद राजेन्द्र लिङ्देन र नगर प्रमुख ध्रुबकुमार शिवाकोटी समेतको विशेष सहयोगसहित उपस्थिति रहेको थियो । समाजमा उदाहरणीय कार्य गरेको संस्थाले विभिन्न क्षेत्रका अगुवाहरुलाई सहभागी गराएको थियो । यसरी आर्थिक तथा खाद्य सामग्री सहयोग गर्ने दाताहरुमा धनमाया मल्ल, हेमराज खनाल,बसन्ती गुरुङ, पृथ्वी बस्नेत,डिल्लीराज भण्डारी,युवराज बस्नेत,बिमल राई,सबिना थपलिया, मन्दिर शाही, सिर्जना राई, सुमित प्रसाईं,भीम थापा, बसन्त लिमखिम,ज्ञानेन्द्र कन्दङ्वा,सुमन मैनाली,राजु पोखरल,रामकुमार काफ्ले,चन्द्रबहादुर गुरुङ, विनोद राई रहेका छन्। त्यस्तै विदेशबाट सहयोग गर्नेमा टंक आचार्य,डम्बरबहादुर न्यौपाने, दिर्घराज भण्डारी,निलकण्ठ मल्ल,रमा मल्ललगायत रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्