झापा , असार ३ । गएराति मेचीनगरमा कपडाको क्राक बेन्डेजले बाँधेर एकजनाको हत्या गरिएको छ ।

मेचीनगर ५ ईटाभट्टा अधेरी टोल बस्ने ४० वर्षिय भिमराज लिम्बुलाई त्यसरी हत्या गरिएको हो । राति ८.४० बजे अधेरी टोलस्थित ग्राभेल बाटोको छेउमा घाँटीमा कपडाको क्राक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा उनको शव फेला परेको थियो । घटनामा संलग्न
मेचीनगर ५ बस्ने ५६ वर्षिय सुकराज लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछ गर्नेक्रममा आपसी झगडा हँुदा आफूले खुट्टामा बाँध्ने क्राक ब्यान्डेजले घाँटीमा बाँधेर हत्या गरेको कुरा लिम्बुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्