झापा, असार ६ । जिल्ला बाहिरका एक गरी झापामा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको दमकका आज एक कोरोना संक्रमितको मृत्यु भएको हो । दमक १० का ६५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्युु भएको हो । दमकमा २७ जना संक्रमितको चैत २५ यता मृत्यु भइसकेको छ । त्यस्तै इलामको सूर्योदय नगरपालिका १० फिक्कलका ७६ वर्षिय बृद्धको बिर्तासिटी हस्पिटलमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ३२६ पुगेको छ ।त्यस्तै झापामा पछिल्लो चौबीस घण्टामा ८७ जना संक्रमित हुँदा २१८ जना डिस्चार्ज भएका छन् । सबैभन्दा बढी बिर्तामोडमा ९ महिलासहित २० जना संक्रमित भएका छन् । त्यस्तै दमकमा ६ महिलासहित १२ जना , गौरादहमा एक महिलासहित ३ जना , मेचीनगरमा २ महिलासहित ७ जना , भद्रपुरमा एक महिला र एक पुरुष, कनकाईमा २ महिलासहित ३ जना , हल्दिबारीमा २ महिला , अर्जुनधारामा ४ महिलासहित ९ जना , बुद्धशान्तिमा र गौरीगञ्जमा २–२ पुरुष , कचनकवलमा एक पुरुष , कमलमा २ महिलासहित ८ जना , शिवसताक्षीमा ५ महिलासहित ७ जना र बाह्रदशीमा ४ महिलासहित ९ जना संक्रमित भएका छन् ।योसँगै झापामा कूल संक्रमितको सँख्या १४ हजार ७०२ पुगेको छ । पछिल्लोपटक २१८ जना डिस्चार्ज हुँदा डिस्चार्ज हुनेको सँख्या १० हजार ८०७ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्