अरबौं,करोडौंको ऋण कर्जा लिई लगानी गरी रोजगार श्रृजना गर्ने विभिन्न व्यवसायमा जोडिएका उद्योगी ब्यापारीहरुको व्यवसायमा गिद्धे नजर लगाई विभिन्न राजनेताको नाम जोडिदिने,प्रचार गर्ने धावा बोल्ने काम विगत लामो समयदेखि हँुदै आएको छ । वर्तमान अबस्थामा केही समूह लागिपरेको छ ।जोखिम के हो ? व्यवसाय टाट पल्टदा हुने आर्थिक व्ययभार, पारिवारिक विचलनको बारेमा सोचिदिए देश कहाँ पुग्ने थियो ? उद्योगी ब्यापारीले राजनैतिक क्षेत्रमा प्रबेश गर्न नपाउने हो र ? राजनीति कुनै वर्ग समूहको निजी सम्पति हो र ? किन उद्योगी ब्यापारीलाई राजनीतिक क्षेत्रमा भाग लिँदा उपनाम दिने गरिन्छ र रोक्ने प्रयास हुन्छ ?

देशका आर्थिक मेरुदण्डका आधारसँग जोडिएका र देशको समग्र अर्थतन्त्रका दरिलो खम्बा भाँच्ने प्रयास कुनै न कुनै क्षेत्रबाट भैरहनुले समग्र राष्ट्रको प्रगतिलाई धक्का पुग्ने छ ।कमजोर अर्थतन्त्रलाई बलियो बनाई राष्ट्र निर्माणमा सहयात्रीको रुपमा लिई अगाडी बढ्नसके देशले गुणात्मक रुपमा प्रगति गर्ने छ ।उद्योगी ब्यापारीहरुको ब्यक्तिगत रुपमा भएका आर्थिक प्रगतिलाई आगामी दिन राष्ट्र निर्माणको लागि लगाउन सक्नु पर्दछ ।समग्र राष्ट्रको लागि युवा शक्तिलाई रोजगारी सृजनामा लगाऔं । जुलुस,धर्ना र हड्ताल आर्थिक उन्नतिको बाधक हो र राष्ट्र निर्माणको बाधक हो ।कुनै समस्याको समाधान धाक धम्की र दवावबाट गरिने परम्पराले न्याय मार्ने काम गर्दछ ।ब्यक्तिगत स्वार्थ र सस्तो लोकप्रियताका लागि अन्धोपन देखाउनु मूर्खता हो । यथार्थ बुझेर जनचाहना अनुसार कुनै पनि निर्णय गर्न उचित हुनेछ र त्यसले परिणाम राम्रो नै दिनेछ ।आर्थिक लगानी गरी हजारौंलाई रोजगारी दिलाई अगाडी बढिरहेका लगानीकर्तालाई हतोत्साही नगरौं ।प्रेरणा र हौसला बढाउने काम गरौं विगतमा हाम्रा विश्व बजारमा चर्चा कमाएका उद्योग कलकारखाना कवाडी भएर थन्केका तितो यथार्थ र तिनका खण्डहर हामीसामु हालसम्म जिवित छँदैछन् ।यो ईतिहासबाट हामीले पाठ सिक्ने हो कि ?

वर्तमान अबस्था कोरोनाको महामारीले थिलथिलो भएको अर्थतन्त्रलाई चलायमान बनाई पुरानै अबस्थामा पुर्याउनु हामीबीच चुनौती छँदैछ । लकडाउन समस्याको समाधान होईन, बाध्यता हो ।बाध्यता लामो समय रहिरहे घातक हुन सक्छ ।जतिसक्दो चाँडो लगाई खोपलाई सबैको दैनिकी कार्यक्षेत्र चलायमान गर्नेतर्फ हामी सबै मिली लाग्नुको विकल्प छैन । लामो समय बन्दका कारण उद्योग र ब्यापारमा भएको ठुलो क्षतिको लेखाजोखाको कुनै विवरण नै छैन ।दैनिक वस्तु उत्पादन गर्ने किसानको कथाब्यथा बेग्लै छ ।सबै क्षेत्रमा निकै ठुलो पीडा थपिएको छ ।एकातिर बैंकको ब्याज ,कर्मचारी र मजदुरको तलब ,कच्चा पदार्थ र तयारी वस्तुहरु बजारमा पुर्याउन नसक्नु, बर्षाको समयमा आयातित वस्तु लामो समय मालबाहक गाडी अनलोड हुन नसकी पानीले भिज्ने, ओसिने र कुहिने समस्या छँदैछन् ।घरभाडा ,कर, ट्याक्सजस्ता बोझ थपिने र दण्ड जरिवाना लिने ब्यापारीलाई पुर्जी काट्नेजस्ता अमानवीय कार्य यस्तो अबस्थामा हुनु भनेको व्यवसायीमाथिको निन्दनीय कार्य र घोर अपमान हो ।

यस्ता कार्यहरु हुनुहुँदैन ।त्यसैले आगामी दिनमा स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारले व्यवसायीको समस्यालाई संबोधन गरी क्षेत्रगत समस्याको पहिचान गरी राहत कार्यक्रम ल्याओस् । धन्यवाद, जय व्यवसायी !! (लेखक चेम्बर अफ कमर्स झापा अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय कार्यकारिणी सदस्य हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्