पाँचथर, भदौ ८ । पाँचथरको फिदिम नगरपालिका ८ घलेगाउँका ६५ बर्षीय पदमबहादुर राईको लडेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटेमा रहेको भिरबाट अन्दाजी १०० मिटर तल झरी मृत अबस्थाममा उनकै छोराले फेला पारेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्