बिर्तामोड, भदौ ११ । बिर्तामोडको युट्युव काण्डमा संलग्न दुईजना कोरोना भएर अस्पताल भर्ना भएका छन् ।

होटलमा खाजा खादै गर्दा व्यक्तिगत गोपनियता भंग हुनेगरी र चरित्र हत्या गर्नेगरी आतंक सिर्जना गर्ने युट्युबरसहित तीनजना भदौ ४ गते पक्राउ परेका थिए ।
पक्राउ पर्नेमध्ये होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई , सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्कीलाई कोरोना संक्रमण भएको हो । संक्रमण देखिएपछि दुवैलाई उपचारका लागि मेची अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । पक्राउ परेका अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे भने बिर्तामोड प्रहरीको हिरासतमै रहेका छन् । त्यस्तै क्यामेरामेन भाष्कर श्रेष्ठ , टीकटकमा हाल्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाई पोखरेललाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । क्यामेरामेन श्रेष्ठ फरार छन् । बिर्तामोडका ती दुई महिलाको पनि खोजी भइरहेको प्रमुख प्रहरी नायव उपरीक्षक आचार्यले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्