झापा , असोज ११ । ट्राफिक प्रहरीले चेकिङका क्रममा रोक्न खोज्दा झापाको माइधारमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान ८.३० बजे शिवसताक्षी १० माईधारस्थित पूर्व –पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको प्र०३–००१ क ००९५ नं. को टिपरले सोही दिशातर्फ गईरहेको को २ च २६३२ नं को केरियर गाडीलाई रोक्न खोजिरहेको अबस्थामा पछाडीबाट ठक्कर दिँदा अनियन्त्रित भई कन्काई सिंचाई आयोजनाको नहरमा पल्टिएको थियो ।

केरियर पानीमा डुबेपछि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटीगई बोलेरो नहरबाट बाहिर निकालेकोमा बोलेरो चालक दमक ९ बस्ने ४० वर्षिय नेत्र खड्का मृत अबस्थामा गाडीभित्र फेला परेका छन् ।

गाडीभित्र अन्य मानिस फेला नपरेको, केरियर र शव घट्नास्थलमा नै रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि मकवानपुर थाहा नगरपालिका ८ बस्ने २४ वर्षिय सहदेब कार्कीलाई इप्रका सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

सोही घटनालाई लिएर स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । ४ सयभन्दा बढीकोे संख्यामा भेला भई पूर्वपश्चिम राजमार्ग अवरोध गरेको र भीडलाई सम्झाइबुझाई राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्