बिर्तामोड , कात्तिक १४ । झापाको बिर्तामोड ९ गरामनी निवासी मानबहादुर कार्कीको जन्मदिनको अवसर पारेर उनी र उनका परिवारले कालिकापीठमा अध्ययनरत बटुकहरुका लागि बस्त्रदान गरेका छन् ।

पीठमा आयोजित एक कार्यक्रमका बीच ८० बर्षीय मानबहादुर कार्की, उनकी धर्मपत्नी लक्ष्मीमाया कार्की , छोराहरु ध्रुब, चक्र र पुष्प, छोरीहरु मालती, आरती कार्की, नाति नितेश अधिकारी र नातिनीबुहारी विष्णु बस्नेत अधिकारीले पीठमा अध्ययनरत ३५ जना बटुकहरुलाई २३ हजार मूल्य बराबरको कुर्ताको कपडा पीठका प्राचार्य रघुनाथ रिजाललाई प्रदान गरेका हुन् ।
सो कपडा प्रदान गर्दै कार्कीका नाति नितेश अधिकारीले हजुरबुबाको इच्छा अनुसार बस्त्र वितरण गरिएको जानकारी दिदै यसले आफूलाई पनि सामाजिक कार्यप्रति जागरुक गराएको बताए । बस्त्रदानपछि आचार्य रघुनाथ रिजालले दाता परिवारप्रति कृतज्ञता ज्ञापन गर्दै ब्रह्मचारी एवं वेदपाठी ब्राम्हणलाई गरिएको दानले इहलोक र परलोकमा सुख र शान्ति मिल्ने धारणा राखे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्