हल्दिबारी, मंसीर ४ । हल्दिबारी गाउँपालिका वडा नं.३ को मेनर्जी चोकबाट उत्तर कन्टरघुटु हुँदै रामहरि चोक जाने बाटोमा कालोपत्रे शुरु गरिएको छ ।

गाउँपालिका, प्रदेश सरकार, संघीय सरकारको संयुक्त लगानीमा ठेक्का खनाल एभरग्रीन जेभी बिर्तामोडले त्यसको ठेक्का पाएको हो । २०७७ चैत २२ गते गाउँपालिकासँग सम्झौता गरेको खनाल एभरग्रीनले २०७९ असोज ६ गते निर्माण सम्पन्न गर्ने समय अवधि रहेको छ ।
२ करोड ९६ लाख ७१ हजार ५ सय ९३ रूपैयाँको निर्माण सम्झौता भएको हो । समयावधिभन्दा करिब ११ महिना अगाडि नै काम सम्पन्न गरेर गाउँपालिकालाई जिम्मा दिने तयारी गरिएको खनाल एभरग्रीन जेभीका सञ्चालक भरत भट्टराईले जानकारी दिए । मेजर्नी चोकदेखि सुरु हुने कालोपत्रे रामहरि चोक आईपुग्दा ४ हजार २०० मिटर लम्बाईको हुनेछ । सडकको दाँया बाँया ३० फुटे चौडा रहने र ५ मिटर कालोपत्रे गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।
हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मेको सास्ती लामो समयदेखि खेपेका स्थानीयवासी सडक पक्की हुने भएपछि खुशी देखिएका छन् । स्थानीय लालबहादुर साँवाले पालिकाले गरेको विकास निर्माणप्रति खुशी व्यक्त गरे । सो कालोपत्रे सडक हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीको पहलमा भइरहेको स्थानीयले बताए । उपाध्यक्ष गिरीका अनुसार गाउँपालिकामा २० किलोमिटर कालोपत्रे सम्पन्न भएको र अन्य ३० किलोमिटरको ठेक्का सम्झौता भएर निर्माण कार्य जारी रहेको जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्