झापा , मंसीर २८ । मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा हिजो दिउँसो साढे २ बजे बिराटनगर महानगरपालिका–१६ हुलास चौकमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप–महानगरपालिका–४ का २२ बर्षिय सन्तोष भुजेललाई लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित पक्राउ गरेको छ भने हिजो राति ६ बजे बिराटनगर महानगरपालिका–१७ मटेरुवाचोकमा सुनसरी धरान उप–महानगरपालिका–१४ का ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुलसहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी हिजो साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा सुन्दरहरैचा नगरपालिका–५ बलियाबाट मोटरसाईकलमा सवार रहेका केराबारी गाउँपालिका–६ का २१ बर्षिय सागर तामाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्