बिर्तामोड , पुष १५ । बिर्तामोडदेखि हल्दिबारी जाने शहिद चन्द्र मार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक गंभीर घाइते भएका छन् ।

बिहीबार बिहान ८.१५बजे बिर्तामोड नगरपालिका वडा नं ९ कन्चन टोलको संगम चोकमा मे ११ प ६२२१ नम्बर मोटरसाइकल बिर्तामोडदेखि हल्दिबारी जाने क्रममा बाटोमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा चालक हल्दिबारी २ का अन्दाजी २१ बर्षीय आशिष राई घाइते भएका छन् । घाइतेको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल गरामनी प्रहरी चौकीमा रहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्