बिर्तामोड , पुष २१ । इलामको फाकफोकथुम गाउँपालिकामा पाटे बाघको आतङ्क बढ्दै जान थालेको छ ।
सोमबार राती फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ सिम्लेका जितबहादुर योङहाङ गोठमा बाधेर राखेको ७ वटा बाख्रा बाघले खाएको छ । भने केही बाख्रालाई मारेर गएको वडा नम्बर ७ का वडा सदस्य पञ्च योङहाङले जानकरी दिए । जितबहादुरको एउटा बोका, तीन वटा खसी, दुई वटा माउ बाख्रा र एउटा पाठा गरी दुई लाख २५ हजार रुपैयाँको क्षति भएको फाकफोकथुम प्रहरी इन्चार्ज घनश्याम लाखेले जानकारी दिए । गाउँमा बाघको बिगबिगी हुँदा घरका बाख्रा नै सुरक्षित राख्न नसकिएको भन्दै गाउँलेहरुले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय गाउँमा वस्ती कम हुँदै गएपछि वनजंगल बाक्लो हुँदा गाउँमा समेत बाघले आक्रमण गर्न थालेको स्थानियहरु बताउँछन् ।