बिर्तामोड , पुष २३ । नेकपा एमालेको जिल्ला अधिवेशनका कारण विद्युत प्राधिकरणले बिजुलीको लाइन काट्ने तालिका स्थगित गरेको छ ।

प्राधिकरणको अनारमनी वितरण केन्द्रले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ११ केभी कन्काई फिडरमा लाइन काट्ने कार्यक्रम बनाएको थियो । ११ केभी स्वीच जडान , मर्मत साथै बुस कटिङसम्बन्धी काम गर्न वितरण केन्द्रले लाइन काट्ने कार्यक्रम बनाएको थियो ।

११ केभी कन्काई फिडरमा लाइन काट्दा कनकाई नगरपालिका र झापा गाउँपालिकाका सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपूर्ति अवरुद्ध बन्ने थियो । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथालीमा रहेको केन्द्रीय कार्यालयको एक्सन रूमबाट ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन एकैसाथ भर्चुअलरुपमा गर्ने भएकाले लाइन नकाटिने अनारमनी वितरण केन्द्रले जनाएको छ । आजको कार्यक्रम अर्को दिनका लागि सारिएको सहायक प्रशासन अधिकृत दीपक ढकालले बताए । वितरण केन्द्रले विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी गरिसकेपछि एमालेको भर्चुअल मिटिङको बारेमा जानकारी पाएर लाइन काट्ने कार्यक्रम रोकेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्