मेचीनगर , पुष २५ । धुलाबारी जुनियर जेसीज वर्ष २०२२ को अध्यक्षमा सचेत घिमिरे निर्वाचित भएका छन् ।

जेसिजको चौथो वार्षिक साधारणसभाबाट घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । त्यस्तै कार्यकारीणी उपाध्यक्षमा श्रेया खतिवडा र श्रृजित ढुङ्गाना निर्वाचित भएको धुलाबारी जुनियर जेसीज वर्ष २०२१ का अध्यक्ष शैलेश गौतमले जानकारी दिए । त्यसैगरी, धुलाबारी जुनियर जेसीजको उपाध्यक्षमा विवश न्यौपाने, निरोशन ढकाल, राकेश शाह र सरोज धमला निर्विरोध निर्वाचित भएका छन् ।