झापा , पुष २६ । झापामा कोरोना संक्रमितको संख्या तीव्ररुपमा बढ्न थालेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा सोमबार एकैदिन ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मेची कोटीहोम ल्याबमा ९० जनाको परीक्षण गर्दा २८ जनालाई पुष्टि भएको थियो । झापामा ७९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन थप १४४६ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि आइतबार ११६७ जनालाई कोरोना संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा थप २५५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या बढेर ७८५५ पुगेको मन्त्रालयले जनाएको छ।