बिर्तामोड , पुष ३० । नेपालको चर्चित रियालिटी शो नेपाल आईडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोड ८ का आदेश पौडेललाई जिताउन सपोर्ट ग्रुपले अभियान सञ्चालन गरेको छ ।

एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आईडलबाट आदेश टप १२ मा परेसँगै भोटिङ राउण्डमा प्रवेश गरेका थिए ।
सपोर्ट ग्रुपले बिर्तामोडमा बिहीवार पत्रकार भेटघाट गर्दै पौडेललाई जिताउन अभियान शुरु गरेको जनाएको छ । २४ बर्षिय आदेशले आफ्नो कर्मथलो काठमाडौलाई बनाए पनि उनको बाल्यकाल बिर्तामोडमै बितेको पत्रकार भेटघाटका क्रममा जनाइयो । आदेशकी आमा पनि पेशाले गायक नै भएको बताउँदै सपोर्ट ग्रुपकी सोनु पुडासैनीले आमाले नै उनको प्रतिभालाई निखारेको बताइन् । बिदेशमै आदेशको बुबाको मृत्यु भएपछि पारिवारिक जिम्मेवारी थपिएसँगै उनी काठमाडौंको रेष्टुरेन्ट र पपहरुमा परिवारको जिविकोपार्जनका लागि गायनलाई अगाडि बढाउँदै गरेको सपोर्ट ग्रुपकी पुडासैनीले बताइन् । हजारौ प्रतिस्पर्धीमध्ये १ सय २६ मा छानिएका उनी १ सय १६ जनालाई पछि पार्दै टप ३० मा परेका थिए । टप ३० मध्येबाट प्रस्तुतीका आधारमा टप १२ मा पर्न सफल भएका उनको शुक्रबारबाट भोटिङ राउण्ड सुरु भएको छ ।

सपोर्ट ग्रुपले उनलाई जिताउन समिति नै निर्माण गरेको पत्रकार भेटघाटका क्रममा जानकारी दिएको छ ।समितिको संयोजकमा सोनु पुडासैनी रहेकी छन् । त्यस्तै सहसंयोजकमा आकाश उप्रेती , सचिव विनोद उप्रेती , सहसचिव अर्जुन खरेल र कोषाध्यक्षमा विनोद खरेल रहेका छन् । त्यस्तै सदस्यहरुमा नुतन ढकाल , प्रेम ढुंगेल , संदीप प्रसाई , निरज प्रसाई , मनिश दाहाल , विज्ञानराज पौडेल , सुदपि भट्टराई , सुसन दाहाल , संजोग घिमिरे , श्रद्धा प्रसाई , सुरज राई , प्रविण खनाल , पिटर प्रसाई , सौरभ बस्नेत , निलम कार्की , निनि राय , संजय चुडाल , उमेश बुढाथोकी , सोभित बुढाथोकी , मनिष विष्टलगायतरहेका छन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भोजराज सिटौलाले कुनै पनि प्रतिभालाई सफलतातर्फ उन्मूख गराउन सहयोग गर्ने बताए । उनले यो अभियानमा दृढ संकल्पका साथ लाग्न सबैलाई आव्हान गरे । त्यस्तै बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीले आदेशको भोटका लागि वडा कार्यालयमार्फत २० हजार र ब्यक्तिगत तर्फबाट १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । कार्यक्रमको संचालन सपोर्ट ग्रुपका कैलाश प्रसाईले गरेका थिए । सपोर्ट ग्रुपले स्वदेशमा रहने शुभचिन्तकहरुले आफ्नो मोबाइलमा सेलपे र विदेशमा रहनेले सिरिस एप डाउनलोड गरी त्यसमा भोटिङ कोड ०१ टाइप गरी ३७००० मा सेन्ड गर्न सम्पूर्णमा आव्हान गरेको छ । बिहीबार राति १० बजदेखि भोटिङ खुल्ला गरिएको छ । सोमबार दिउँसो १२ बजेसम्म अत्याधिकले भोट गरिदिनु हुन संयोजक पुडासैनीले आग्रह गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्