बिर्तामोड, माघ २ । गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि झापा बिर्तामोड ५ का जेनिश उप्रेतीले जितेका छन्।

अन्तिम प्रतिष्पर्धामा पुगेका आठजनालाई पछि पार्दै जेनिशले उपाधि चुमेका हुन्।
यो कार्यक्रम शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि हिमालय टिभी एचडीबाट प्रशारण हुँदै आएको थियो। टिम प्रमोदका उपाधि विजेता जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखको चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन्।६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुको सहभागिता रहेको भ्वाइस अफ किडको कोचमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए।जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्